स्वीडेनको एउटा क्याम्पसमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएर ११ जनाको हत्या

(नेपाल क्राईम)

स्वीडेनको एउटा क्याम्पसमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएर ११ जनाको हत्या गरेका छन्।

मध्य स्वीडेनको ओरेब्रो शहरमा रहेको रिसबर्गस्का क्याम्पसमा एक बन्दुकधारीले गोली चलाउँदा ११ जनाको मृत्यु भएको र अरू धेरैजना घाइते भएको अमेरिकी मिडिया सिएनएनले जनाएको छ।

घाइतेहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।