रसुवा अन्तर्गत गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी, ल्हेन्दे खोलामा असार २४ गते आएको विनाशकारी बाढीमा उद्धार कार्यमा खटिएका प्र.स.नि. स्वर्गीय लाल बहादुर श्रेष्ठ वीरगति प्राप्त भएका छन्।
प्राकृतिक विपत्तिको समयमा नागरिकको सुरक्षार्थ अग्रपङ्क्तिमा खटिएर आफ्नो ज्यान गुमाएका श्रेष्ठप्रति आज विभिन्न निकाय, सुरक्षा संस्थाहरू, स्थानीयवासी तथा सहकर्मीहरूले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। विशेष समारोहका बीच उहाँको सम्झनामा शोक शलामी अर्पण गरिएको थियो।