सुर्खेतको भेरी नदीको पुलबाट हाम फालेर एक जना बेपत्ता

सुर्खेतको भेरी नदीको पुलबाट हाम फालेर एक जना बेपत्ता भएका छन्।

गुर्भाकोट नगरपालिका-१० भेडावारीस्थित भेरी नदी पुलबाट सोही नगरका वडा-११ का ६० वर्षीय गोपाल वली हाम फालेका छन्।

उनी बुधबार दुई बजे पुलबाट हाम फालेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।

प्रहरी चौकी मेहलकुनाबाट प्रहरी सहायक निरीक्षक भुपेन्द्र अधिकारीको कमाण्डमा ५ जनाको टोली खटाइएको छ,’ डिएसपी थापाले भने।