बाँकेको राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार

बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ ।

उद्धार गरिएकाहरूमा सोही गाउँपालिका–५ बस्ने ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वली रहेका छन् । उनीहरुलाई सशस्त्र प्रहरीले बुधबार सकुशल उद्धार गरेको हो ।