(नेपाल क्राईम) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको प्रदर्शनमा फोहोरमैला भएबापत काठमाडौं महानगरपालिकाले तोकेको जरिबाना बुझाएको छ ।
प्रदर्शनमा फोहोरमैला गरेको भन्दै काठमाडौं महानगरले राप्रपालाई एक लाख रुपैयाँ जरिबाना तोकेको थियो ।राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगरको खातामा १ लाख रकम आजै दाखिला गरेको बताएका छन् ।