उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित पाँच जना पक्राउ

नेपाल क्राईम)

तीनकुनेमा शुक्रबार राजावादीहरुले हिंसात्मक प्रदर्शन ‍गरेको घटनापछि  राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित पाँच जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालित टोलीले मिश्र, जबरा, स्वागत नेपालसहित पाँच जनालाई काठमाडौंबाटै पक्राउ गरेको हो।काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार मिश्र र जबरासहित पाँच जनालाई कुन-कुन मुद्दा चलाउने भन्ने विषयमा छलफल भइरहेको छ।  (रास्स)