जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख एसपी रामप्रसाद घर्ती मगरले जिल्लाको शान्ति, सुब्यवस्था कायम गर्न हरसम्भव प्रयास गर्ने बताएका छन्। बाँकेमा क्रियाशील पत्रकारसंगको साक्षात्कार कार्यक्रममा एसपी घर्तीमगरले नेपाल प्रहरीको नीति, नियम भित्र रहेर काम गर्ने धारणा राखे ।
उनले प्रहरी र संचारकर्मी बिचको सहकार्यले अपराध न्युनिकरण गर्न सकिने बताउँदै समयमा सूचना प्रबाह गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाए ।उनले लागुऔषध कारोबार, संगठित अपराध र हिंसात्मक गतिविधिमाथि कठोर निगरानी र नियन्त्रण गर्ने प्रतिबद्धता जनाए। साथै, प्रेस र प्रहरीबीचको विश्वास, सहयोग र नियमित संवादमार्फत समन्वयात्मक सम्बन्ध निर्माण गर्न आफू प्रतिबद्ध रहेको बताए !