लागुऔषध १ हजार ७ सय ७० क्याप्सुल ट्रामाडोलसहित ३ जनालाई पक्राउ गरेको छ । हेटौंडा – ८ औधौगिक क्षेत्र भित्र पानी ट्याङ्की नजिक सडकमा शंकास्पद रुपमा बसीरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हेटौंडा – १५ शिखरपानी बस्ने वर्ष २४ को महेश तामाङ,भिमफेदी गाउँपालिका घर भई हाल हेटौंडा – ९ डेराकोठामा बस्ने वर्ष २६ को कैलाश थापा मगर र हेटौंडा – १३ बस्ने वर्ष ४० को सोम स्याङतान रहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।प्रहरीका अनुसार बुधबार ३ बजेको समयमा इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको गस्ती टोली प्रहरीले औधौगिक क्षेत्र भित्र पानी ट्याङ्की नजिक सडक खण्डमा ना. ३८ प ३१८५ नं. को मोटरसाईकल र ना २१ प १७१ नं। को स्कुटर रोकी शंकास्पद रुपमा बसीरहेको अवस्थामा फेला पारी खानतलासी गर्ने क्रममा निजहरुको साथबाट ट्रामाडोल १ हजार ७ सय ७० क्याप्सुल फेला परेको हो ।