हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।
बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शुक्रबार बिहान देशभरि आंशिकदेखि साधारणतया बदलीको अवस्था छ।
साथै देशका अधिकांश भूभागमा वर्षा भइरहेको महाशाखाले जनाएको छ। कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा पनि भएको छ।
शुक्रबार दिउँसो देशभरि नै बदली हुने पूर्वानुमान छ।
साथै सातै प्रदेशका अधिकांश पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भवना रहेको मौसमविद गोविन्द झाले जानकारी दिए।