१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

सुर्खेतमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार लोकेन्द्रपुर घर भएका २२ वर्षीय मन्टु कुमार रहेको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जनाएको छ ।

उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । मन्टु कुमारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।