गाँजा र चरेससहित सातजना  पक्राउ

(नेपाल क्राईम)

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठूलो परिणामको गाँजा र चरेससहित सातजना व्यक्तिलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागु औषध नियन्त्रण ब्युरो भैरहवाबाट खटिएको संयुक्त टोलीले २० किलोग्राम चरेश र २१ किलोग्राम गाँजासहित त्यसमा संलग्न सात जनालाई पक्राउ गरेको हो ।