प्रहरी नायब निरीक्षक प्रनानि सुवास यादवको नेतृत्वमा खटिएको टोलीले ठूलो परिमाणमा काजु बरामद

 इलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी नायब निरीक्षक प्रनानि सुवास यादवको नेतृत्वमा खटिएको टोलीले ठूलो परिमाणमा काजु बरामद गरेको छ।

प्रहरी टोलीले सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको भुस बोकेको ग २ ख १४१८ नम्बरको ट्रकलाई रोकजाँच गर्दा करिब १० क्विन्टल काजु फेला पारेको हो। उक्त ट्रकमा संकास्पद बस्तु ओसारपसार भइरहेको आशंकामा प्रहरीले ट्रक चालक राजवंसी झालाई नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एंव डिएसपी सरोज राईका अनुसार, ट्रक भित्र लुकाएर काजु ओसार्ने प्रयास गरिँदै थियो। बरामद सामग्री र चालकलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।