उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
जसपाले मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको हो। यसअघि पार्टीले संघीय संसदमा समेत एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा जसपा नेपालबाट काफ्ले एक मात्र सांसद छिन् । पार्टी विभाजनपछि अन्य सांसदहरू अशोक राई नेतृत्वको जसपामा सामेल भएका थिए ।