गौरीगंगा नगरपालिका–६ कठौतीस्थित पूर्व–पश्चिम राजमार्गमा अबैध साल जातको काठ बरामद गरिएको छ।
प्रहरीकाअनुसार शुक्रबार दिउँसो साढे १२ बजे से १ त ९५१७ नम्बरको ट्याक्टरको ट्रालीको चक्का निस्किएर बिग्रिएपछि सडकको दायाँ साइडमा रोकिएको अवस्थामा ट्रालीभित्र बालुवामा लुकाएर राखिएको साल जातको काठ फेला परेको हो।
इलाका प्रहरी कार्यालय चौमला, कैलालीबाट खटिएको प्रहरी टोलीले ट्रालीभित्र लुकाइछिपाई राखिएको ६ थान गोलिया साल काठ (जम्मा ४९.०५ क्युफिट), अनुमानित मूल्य करिब ४९ हजार बराबरको काठ बरामद गरेको हो।