प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमणमा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमणमा जाँदै छन् । ओली नेतृत्वको प्रतिनिधिमण्डल आज बिहान ७ बजे चीन प्रस्थान गर्ने कार्यक्रम छ । चिनियाँ राष्ट्रपति सी चिनपिङको निमन्त्रणमा चीन जान लागेका प्रधानमन्त्री ओली बुधबारसम्म चीनमा रहेछन् । त्यहाँ उनी सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिनेछन् ।