रामपुर पाल्पा निस्दी गाउँपालिकाको विद्यालयमा मिनी बाल मेला आयोजना

इलाका प्रहरी कार्यालय, रामपुर, पाल्पाले निस्दी गाउँपालिकाको विद्यालयमा मिनी बाल मेला सम्पन्न गरेको छ ।

शुक्रबार निस्दी गाउँपालिका वडा नं. ४ स्थित श्री गौरीशंकर माध्यमिक विद्यालयको प्राङ्गणमा मिनी बाल मेला सम्पन्न भएको प्रहरी निरीक्षक रामबहादुर नेपालीले बताए ।

वडा नं.४ का वडाध्यक्ष सन्तबीर सुनारीको अध्यक्षता, जिल्ला समन्वय प्रमुख टंकनाथ खनालको प्रमुख आतिथ्यता, निस्दी गाउँपालिकाका उपाध्यक्ष तिरणकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालको उपस्थितिमा बिद्यालयका शिक्षक र विद्यार्थीको उपस्थितिमा मिनी बाल मेला सम्पन्न भएको हो ।इलाका प्रहरी कार्यालय, रामपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक नेपालीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बालविवाह रोकथाम, आत्म हत्या न्यूनीकरण, लागुऔषध, ट्राफिक सचेतना, साईबर अपराध तथा बालयौन दुरुपयोग रोकथाम सम्बन्धी सचेतना मुलक विषयमा जानकारी गराएका थिए ।