यौन व्यवसायीमा लगाउने आलिया पक्राउ

बालिकालाई प्रलोभन देखाइ भारत पु¥याएर यौन व्यवसायीमा लगाएको आरोपमा पर्सा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंन्ज महानगरपालिका–१६ की २० वर्षीया आलिया खातुन हुन् ।जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले शनिबार खातुनलाई मानव बेचबिखन तथा ओसारपसार कसूरमा पक्राउ गरेको हो ।
सोही वडामा बस्ने १३ वर्षीया बालिकालाई विभिन्न प्रलोभनमा पारेर भारत पु¥याएर यौन व्यवसायमा लगाएको आरोपमा खातुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।