गुडिरहेको जिप पल्टिँदा महिलाको मृत्यु

डोटीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

आज बिहान कैलालीको सुख्खडबाट बडीकेदार गाउँपालिका–३ तर्फ गइरहेको सुपप्र ०१००१ च ४६५१ नम्बरको बोलेरो जिप
सापट भाँचिएर पल्टिँदा बडीकेदार गाउँपालिका–३ देवलकी ३५ वर्षीया लक्ष्मी कुमारी सलामीको मृत्यु भएको हो ।