नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक कृष्णबहादुर रानाले लाइफटाइम अचिभमेन्ट अवार्ड

नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक कृष्णबहादुर रानाले लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरेका छन् ।

७०औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समरोहमा उनलाई गृहमन्त्री ओमप्रकाश अर्यालले लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेका हुन् ।दाङको नवलपुरमा जन्मिएका र हाल काठमाडौंको महाराजगञ्जमा बस्दै आएका राना २०६५ असोज १ गते सेवा निवृत्त भएका थिए ।