(नेपाल क्राईम)
सालकको खपेटासहित प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीका ४८ वर्षीय कुवेरबहादुर स्याङ्तान, नुवाकोटका ४० वर्षीय सन्तबहादुर गुरुङ, ओखलढुंगाका २८ वर्षीय राजु विश्वकर्मा र सुनसरीका ४२ वर्षीय मदन राई छन् ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५, चामुण्डा चोकबाट सालकको खपेटा आठ किलो ५०० ग्रामसहित शनिबार फागुन १० गते उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आवश्यक अनुसन्धान र कारबाहीका निम्ति उनीहरूलाई डिभिजन वन कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।