(नेपाल क्राईम)
काठमाडौं प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित भएको छ। यहाँ मंगलबार चुनाव तय भएको थियो।
सोमबार मध्यराति नेकपा (एमाले) निकट अनेरास्ववियु र एकीकृत समाजवादीनिकट अनेरास्ववियूले विद्यार्थी परिचयतपत्रमा कैफियत देखाउँदै तालाबन्दी गरेका थिए।
चुनाव हुने दिन बिहान क्याम्पसको निर्वाचन समितिले स्ववियू चुनाव स्थगित गरेको बताएको छ।