कोटेश्वरमा नयाबानेश्वर प्रहरी वृत्त र प्रहरी प्रभाग कोटेश्वरलाई केन्द्रित गर्दै ‘स्वागत एवं फेरि भेटौंला’ कार्यक्रम सम्पन्न भएको छ।
‘कोटदेवी विद्यालय समाज सुधार समिति’ र ‘नरेफाट सेवा समाज’ले आयोजना गरेको कार्यक्रममा हालै नयाबानेश्वर प्रहरी वृत्तबाट सरुवा भएका प्रहरी नायब उपरीक्षक बिरेन्द्र गोदार र प्रहरी प्रभाग कोटेश्वरबाट सरुवा भएका प्रहरी निरीक्षक दलकुमार राईलाई नागरिक अभिनन्दन पत्रसहित सम्मान गरिएको हो।
पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पूर्व नायब महान्यायाधिवक्ता सूर्यप्रसाद कोइराला, उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्य, सामाजिक अगुवाहरू सार्किमान बल, पद्म कुमार रेग्मी, नारायण नेपाल, नवराज केसी, जीवन तामाङ, रविन्द्र थापा, बानेश्वर वृत्तका डिएसपी हरि खतिवडा, कोटेश्वर प्रहरी प्रभागका इन्सपेक्टर यज्ञराज भट्टलगायतले मन्तव्य राख्दै प्रहरी नायब उपरीक्षक बिरेन्द्र गोदार र प्रहरी निरीक्षक दलकुमार राईले शान्ति सुरक्षामा पुर्याएको योगदानको खुलेर प्रशंसा गरेका थिए।
कार्यक्रममा विभिन्न संघ–संस्थाका अगुवा तथा स्थानीयवासीहरूको बाक्लो उपस्थिति रहेको थियो।