लखनउबाट पोखरा भ्रमणका लागि आएको गाडी दुर्घटना

(नेपाल क्राईम)

दाङको लमही कोइलाबास सडकअन्तर्गत गढवा गाउँपालिका ५ चिसापानीमा आज  दिउँसो  भारतीय गाडी दुर्घटना भएको छ । भारतको लखनउबाट भ्रमणका लागि पोखरा जाँदै गरेको युपी ३२ एमएन ९६६६ नम्बरको गाडी दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।घाइतेहरू सबै  भारतीय रहेका प्रहरीले जनाएको छ ।