५ ग्राम खैरो हेरोइन सहित एक जना पक्राउ

(नेपाल क्राईम)

धनगढी उप-महानगरपालिका–२ कालिका टोलबाट प्रहरीले ५ ग्राम लागुऔषध (खैरो हेरोइन) सहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूह र त्रिनगर प्रहरी चौकीबाट खटिएको संयुक्त टोलीले करिब २३ वर्षीय करन महरालाई शंका लागी जाँच गर्दा उनको साथबाट उक्त परिमाणको लागुऔषध फेला पारेको हो।