११ किलो गाँजा बरामद

(नेपाल क्राईम)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका- २१ बाट करिब ११ किलो ५१ ग्राम गाँजा शुक्रबार बिहान प्रहरीले बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीलाई देख्नासाथ ना ४१ प ६२४१ नम्बरको मोटरसाइकलमा सवार २ जना व्यक्तिहरू मोटरसाइकल छाडेर फरार भएका थिए ।​​