(नेपाल क्राईम)
केबलकार निर्माणको विरोधमा पहिचान पक्षधर र नो केबलकार पक्षधरले ताप्लेजुङमा अनिश्चितकालिन यातायात बन्द गराएका छन् ।
गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा भएको झडपको विषयलाई लिएर उनीहरूले मंगलबार बिहानदेखि मेची राजमार्ग र ताप्लेजुङ, पाँचथर, इलाम लगायत तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने सबै नाकाहरू बन्द गराएका हुन्।