मकवानपुरमा भारतीय यात्रुबाहक गाडी दुर्घटना

(नेपाल क्राईम)

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छा स्थित दक्षिणकाली सडकखण्डमा यात्रुबाहक गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

काठमाडौंबाटबाट हेटौंडातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट यु पी ७०एन टी ६९१७ को फोर्स गाडीको ब्रेक फेल भएपछि सडकको बायाँपट्टि ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनाका क्रममा गाडीमा १७ जना यात्रु सवार थिए। तीमध्ये चार जनालाई सामान्य चोट लागेको छ भने अन्य सबै सकुशल छन्।दुर्घटनापछि प्रहरी चौकी सिस्नेरीबाट प्रहरी सहायक निरीक्षक सुरेन्द्र लाम्सालको नेतृत्वमा टोली घटनास्थल पुगेको छ।