(नेपाल क्राईम)
कैलालीमा पाँच दिनदेखि बेपत्ता भएका युवक मृत अवस्थामा भेटिएका छन् । २८ फागुनदेखि बेपत्ता भएका लम्कीचुहा नगरपालिका–१० चुहा बस्ने २९ वर्षीय अजय स्वर्णाकार आइतबार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
स्वर्णाकार चुहाकै चिनी मिल अगाडि मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए ।