भरुवा बन्दुकसहित एक जना पक्राउ

(नेपाल क्राईम)                                                             कास्कीको माछापुच्छ्रे गाउँपालिका-७ लेककुनामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सोही ठाउँका ७२ वर्षीय आइत सिंह गुरुङ रहेका छन् । उनको साथबाट भरुवा बन्दुक १ थान, बारुद जस्तो देखिने पदार्थ करिब ५ सय ग्राम र अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ किलोग्राम बरामद भएको प्रहरीले जनाएको छ ।