लागूऔषध गाँजासहित एक  महिला पक्राउ

(नेपाल क्राईम)                                                           बारामा अवैध लागूऔषध गाँजासहित एक जना महिला पक्राउ परेकी छन् ।जीतपुरसिमरा उपमहानगरपालिका-३ बजनीबाट अवैध लागूऔषध गाँजा करिब १३ किलोग्रामसहित मकवानपुर राक्सिराङ गाउँपालिका-१ बस्ने ५० वर्षीया सुशीला गोलेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।