(नेपाल क्राईम)
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी कर्मचारीहरुले पाउँदै आएको औषधी उपचार खर्च कट्टा नहुने र यस विषयमा आएका समाचार गलत भएको स्पष्ट पारेको छ ।
प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख एआईजी टेकप्रसाद राईले मातहतका सबै बजेट संचालनगर्ने कार्यालयहरुलाई परिपत्रगर्दै बुधबार यसका विषयमा जानकारी गराएका हुन् ।
बजेट शाखा मार्फत प्रेषित परिपत्रमा प्रहरी नियमावली, २०७१ ले निर्दिष्ट गरे बमोजिम प्रहरी कर्मचारीले पाउने सेवा सुविधाको व्यवस्था अवगत रहेको जनाउँदै अन्य सरकारी कार्यालयले आफ्ना मातहतका कार्यालयहरुलाई नियमित रूपमा गर्ने परिपत्रलाई आधार मानी विभिन्न माध्यमहरुबाट औषधी उपचार बापतको रकम कट्टा हुँदैछ भन्ने भ्रामक सूचना तथा अफवाह फैलाएको पाईएकोले यस सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।