बाँकेको कोहलपुरमा जीपले ठक्कर दिँदा एक जनाको मृत्यु

( निल जैसवाल ) बाँके                                                        बाँकेको कोहलपुरमा जीपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

जीपको ठक्करबाट शुक्रबार कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय अटवारी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक दीपक पातलीले जानकारी दिए । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।