निर्मला पन्त बलात्कारपछि हत्या भएको प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई निर्देशन:गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या भएको प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई निर्देशन दिएका छन् ।

आज सिआइबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सुक्ष्म रुपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

निर्मला पन्तको हत्यालगायत ब्युरोले अनुसन्धान गरिरहेका सबै जटिल घटनाको अनुसन्धानमा तीव्रता दिन आग्रह गर्छु’, गृहमन्त्री लेखकले भने, ‘नेपाल प्रहरीभित्र पनि सिआइबीप्रति आमजनताको भरोसा बढेको छ, यसलाई अटल राखेर काम गर्नुपर्छ ।’सिमित स्रोत साधनका बिच प्रहरीमा सीआइबीले कार्यसम्पादनमा सफलता हासिल गर्दै गएकोप्रति खुसी व्यक्त गर्दै मन्त्री लेखकले सीआईबीलाई साधनस्रोत सम्पन्न बनाउन मन्त्रालय गम्भीर रहेको बताए। मुलुकमा पछिल्लो समय वित्तिय अपराध बढेकाले आफूले वित्तिय अपराध नियन्त्रणका लागि अपराध अनुसन्धान महाशाखा गठन गरेको जानकारी दिए।सो क्रममा सीआईबीका बरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले सीआईबीले गरिरहेको काम, कारबाही, पाइरहेको सफलता र कार्यसम्पादनमा रहेका चुनौतीलगायतका विषयमा प्रस्तुति राखेका थिए।

बरिष्ठ उपरीक्षक बोगटीले सीआइबीले निर्मला पन्त प्रकरणका साथै अरु घटना सम्बन्धमा पनि अनुसन्धान जारी रहेको जानकारी गराएका थिए । कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापा, सीआईबीका प्रमुख प्रहरी अतिरित्त महानिरीक्षक चन्द्रकुवेर खापुङ्लगायत सीआइबीका कार्यरत प्रहरी अधिकारी सहभागी थिए ।(रास्स)