भारत प्रशासित राज्य जम्मु कश्मीरको उधमपुरमा सुरक्षा बल र आतंककारीहरूबीच भिडन्त हुँदा एक सैनिक मारिएका छन् ।
सेनाको ह्वाइट नाइट कोप्र्सले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार आतंककारीसँगको मुठभेडमा एक सैनिक मारिएका हुन् । ‘हाम्रा एक बहादुरलाई सुरुवाती मुठभेडमा गम्भीर चोट लागेको थियो । र पछि उपचारका क्रममा उनको मृत्यु भयो,’ कोप्र्सले भनेको छ ।