क्रिप्टो करेन्सी कारोबारमा संलग्न एकजना पक्राउ

(नेपाल क्राईम)

क्रिप्टो करेन्सी कारोबारमा संलग्न एकजना पक्राउ परेका छन् । धादिङ खनियाबास ४ का रोशन गुरुङलाई टोखाबाट प्रहरीले पक्राउ गरेको हो ।

उनले आफ्नो साथबाट १४ लाख रुपैयाँ पनि लुटेर लगेको बताएपछि अनुसन्धान गर्दै जाँदा अन्य ६ जना पनि चोरीको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सशस्त्र प्रहरीमा कार्यरत एक र नेपाल प्रहरीमा कार्यरत दुईजना पनि छन् । प्रहरीको परिचयपत्र र हतकडी देखाएर १४ लाख रुपैयाँ लुटेको गुरुङले बताएपछि तीनजना प्रहरीसहित ६ जना पक्राउ परेका हुन् ।

गुरुङले एक अर्ब ८७ करोड रुपैयाँ बराबरको क्रिप्टो करेन्सीको कारोबार गरेको देखिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।