सिन्धुली कारागार तोडेर कैदीबन्दी भागेका छन्।

बुधबार दिउँसो सवा १ बजे कारागाराको सुरक्षा घेर तोडेर सबै कैदीबन्दी फरार भएका हुन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार कारागारमा ४२८ पुरूष र ४३ जना महिला कैदीबन्दी र थुनुवा थिए।

बुधबार बिहानदेखि कारागारमा तोडफोड र आगजनी गरेका उनीहरू दिउँसो भागेका हुन्।उनीहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन्।