मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

(नेपाल क्राईम)

मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

 

 

बुधबार साँझ हेटौंडा उपमहानगर पालिका सल्लाघरीमा ना ५४ प १८७६ नम्बरको मोटरसाइकलले पैदल यात्री हेटौंडा–६ का ६१ वर्षीय कमल बहादुर बोहोरालाई ठक्कर दिएको थियो।

उनलाई थप उपचारका लागि चितवनको नयाँ मेडिकल कलेज पठाइएकोमा उनको आज विहान पौने २ बजे मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।