(नेपाल क्राईम) युक्रेनी सेनाको कब्जामा परेका दुई नेपाली उद्धारपछि स्वदेश फर्किने भएका छन् । गैरआवासीय नेपाली संघको पहलमा उद्धार गरिएका उनीहरू शुक्रबार दिउँसो काठमाडौं आइपुग्ने भएका हुन् । टर्किस्ट एयरलाइन्सको जहाजमार्फत् उनीहरू माल्दोवाबाट शुक्रबार दिउँसो काठमाडौं आउने गैरआवासीय नेपाली संघले जनाएको छ ।