बाँकेमा तीन सय ५१ ग्राम ब्राउनसुगरसहित एक पक्राउ

(महेन्द्र सिंह )                                                               बाँके  प्रहरीले बुधवार भारी परिमाणमा लागुऔषध ब्राउनसुगरसहित एक भारतियलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्ज,  र केन्द्रिय लागु औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले तीन सय ५१ ग्राम ब्राउनसुगरसहित बहराईच नानपाराका ३१ वर्षीय बिशाल अहमदलाई पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।

उनले विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक अरुण बम,  केन्द्रिय लागु औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले बुधवार दिउँसो ४ वजेर ५५ मिनेटमा लागु औषध सहित अहमदलाई पक्राउ गरेको बताए । उक्त ब्राउनसुगरको मुल्य नेपाली बजारमा करिव दुई करोड रुपैयाँ पर्ने  प्रहरीले जनाएको छ ।