गौशाला बजारमा एक पुरूषको शव बेवारिसे अवस्थामा फेला परेको छ।
स्थानीय माछा बजारमा आज बिहान एक २५ वर्षीय युवकको शव फेला परेको हो।
शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेका प्रहरीले मुचुल्का उठाइ शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त शव सर्लाहीको हरिपुर्वा नगरपालिका–९, मिर्चिया बस्ने २५ वर्षीय रामानन्द बैठा रहेको बुझिएको छ।