ड्युटी गरिरहेका प्रहरी सहायक निरीक्षक असइ  सुरेन्द्र राम चमारको  मृत्यु

(नेपाल क्राईम)

जिल्ला प्रहरी कार्यालय महोत्तरीको कन्ट्रोल रुममा ड्युटी गरिरहेका प्रहरी सहायक निरीक्षक (असइ) सुरेन्द्र राम चमारको मृत्यु भएको छ । ड्युटीमै रहेका वेला अचानक श्वास लिन समस्या भएपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएकाे थियाे । पछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिए पनि उनलाई चिकित्सकले बचाउन सकेनन् ।

बुधबार साँझ ५ बजे उनलाई श्वास लिन असहज भएको थियाे । साँझ ६:१५ मा उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।