पोखरापछि बुटवल–भैरहवामा पनि कर्फ्यु आदेश जारी

जेनजी पुस्ताको आह्वानमा भएको प्रदर्शन तनावग्रस्त बनेपछि रुपन्देहीमा पनि कर्फ्यु आदेश जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवल र भैरहवा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।अहिले अपराह्न चार बजेदेखि राति १० बजेसम्म कर्फ्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले जानकारी  दिए ।