अमेरिकामा फेरि अर्को जहाज दुर्घटना

अमेरिकामा फेरि अर्को जहाज दुर्घटना भएको छ । पेन्सिलभेनियास्थित फिलाडेल्फियामा निजी जहाज दुर्घटना भएको हो।

रोयटर्सका अनुसार शुक्रबार स्थानीय समयअनुसार बेलुका साढे ६ बजे फिलाडेल्फियाको रूजवेल्ट मलनजिक एउटा प्राइभेट विमान दुर्घटना भएको हो।

फिलाडेल्फिया विमानस्थलबाट मिसौरीको स्प्रिङफिल्ड-ब्रान्सन विमानस्थल जाँदै गरेको विमानमा चालक दलका सदस्यसहित ६ जना सवार रहेको अमेरिकाको उड्डयन विभागले जनाएको छ।

दुर्घटना भएको लियरजेट ५५ मेडिकल विमान (एयर एम्बुलेन्स) भएको बताइएको छ।