डीएसपी बस्यालद्वारा ट्राफिक सचेतना अभियान सञ्चालन

(नेपाल क्राईम)

सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डीएसपी) दीपेश बस्यालले सचेतना अभियान चलाएका छन् ।

बिहीबार डीएसपी बस्यालले माण्डवी गाउँपालिकास्थित प्यूठान–रोल्पा सडकखण्डमा सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालना सम्बन्धी सचेतना फैलाएका हुन् ।

सचेतना अभियानका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही समेत गरिएको प्रेस नोटमा उल्लेख छ । सवारी साधनलाई ट्राफिक सचेतना पर्चा, पम्पेलेट वितरण गरिएको छ ।