वीरगन्जमा रोकिराखेको दुईवटा बसमा आगलागी

वीरगन्जमा रोकिराखेको दुईवटा बसमा आगलागी भएको छ।

वीरगन्ज नयाँ बसपार्कमा पार्किङ गरिराखेको दुईवटा बसमा आगलागी भएको हो।

आगालगीबाट जम जम लेखिएको दुईवटै बस पूर्ण रूपमा जलेको छ।

सुरक्षाकर्मी र वीरगन्ज महानगरपालिकाको अग्नी नियन्त्रक टोलीले दमकलको सहयोगमा आगो निभाएको थियो।

ना ५ ख ६२१६ र ना ५ ख ६२१७ नम्बरको बसमा आगलागी भएको इलाका प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नविन थापा मगरले जानकारी दिए ।

‘४/५ महिनादेखि रोकिराखेको दुई वटा बसमा आगलागी भएको छ,’