रौतहटमा करेन्ट लागेर एकको मृत्यु

(नेपाल क्राईम)                                                रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।​ गरुडा नगरपालिका- ४ बस्ने २९ वर्षीय रामजी साहको शनिबार बिहान करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। सोही नगरपालिका- १ जयनगरस्थित निर्माणाधीन सामुदायिक भवनको छतको नापी गर्न आएको गरुडा नगरपालिकामा कार्यरत साहलाई छतको छेउमा रहेको विद्युतीय तारबाट करेन्ट लागेको थियो ।​​करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि गण्डक अस्पताल वीरगञ्ज पठाइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।