ठूला नोटमा प्रतिबन्ध लगाउने कांग्रेस सांसद केसीको प्रस्ताव

(नेपाल क्राईम)                                                    अर्जुननरसिंह केसीले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था एफएटीएफको ग्रे लिस्टबाट हटाउन ठूला नोटमा प्रतिबन्ध लगाउने प्रस्ताव गरेका छन् ।आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा कांग्रेस सांसद केसीले नेपाल ग्रे लिस्टमा परेको विषयमा संसदमा छलफल गर्नुपर्नेसमेत धारणा राखे ।