भारतको कुम्भ मेलामा गएका ५ नेपालीको दुर्घटनामा परेर मृत्यु

(नेपाल क्राईम)                                                                       भारतको कुम्भ मेलामा गएका ५ नेपालीको दुर्घटनामा परेर मृत्यु भएको छ । बिहारको मुज्फरपुरमा शनिबार साँझ भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको हो । मृतकहरुमा मन्तार्नी देवी, अर्चना ठाकुर, बालाकृष्ण झा, इन्दु देवीसहित ५ जना छन् । यस्तै अरु ४ जना घाइते छन् । धनुषाका डीएसपी वरुणबहादुर सिंहले मृतकहरु धनुषा र महोत्तरीबासी भएको जानकारी दिए ।