नेपाल शिक्षक महासंघले जारी आन्दोलनलाई निरन्तरता दिने

(नेपाल क्राईम)

नेपाल शिक्षक महासंघले जारी आन्दोलनलाई निरन्तरता दिने भएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन जारी रहने जानकारी दिएका छन् ।मंगलबार बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन आह्वान गर्ने र संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने निर्णय गरेको थियो । यससँगै सरकारले शिक्षकहरूलाई आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेको थियो ।तर, महासंघले आफूहरूले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिएको निष्कर्ष निकाल्दै प्रदर्शनलाई निरन्तरता दिने जनाएको छ ।