एआईजी दिपक थापा इन्टरपोलको एनसीबी प्रमुखहरूको सम्मेलनमा सहभागी

(नेपाल क्राईम)

एआईजी दिपक थापा इन्टरपोलको एनसीबी प्रमुखहरूको सम्मेलनमा सहभागी भएका छन्।

१९६ देशमा फैलिएको इन्टरपोलको प्रत्येक देशको कानून कार्यन्वयन ईकाईका प्रमुख नेशनल सेन्ट्रल ब्यूरो प्रमुख हुने गर्छन्।

यो सभामा महानिरीक्षक वषन्तबहादुर कुँवरको प्रतिनिधिका रूपमा एआईजी थापा सहभागी भएका हुन्। उनीसँगै इन्टरपोल शाखाका एसपी कोमल शाह समेत सहभागी छन्।

इन्टरपोलको मुख्यालय फ्रान्सको लियोनमा सभा आयोजना भईरहेको हो। सभामा अन्तराष्ट्रिय अपराध रोकथामका लागि सदस्य राष्ट्रहरूबीच सहकार्यका विषयमा छलफल हुनेछ।